११ किलो सुन तस्करी प्रकरण : काठमाडौँबाट चिनियाँ नागरिकसहित तीन जना पक्राउ


१६ आश्विन २०८०, मंगलवार
gold1 UuSBMpwlaX

काठमाडौँ । दोलखामा बरामद ११ किलो तस्करीको सुन प्रकरणमा प्रहरीले एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् । उनीहरूमाथि दोलखामा नै संगठित अपराध अन्तरगत मुद्दा चलिरहेको छ ।

यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो । गत असोज ११ गते दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो । त्यसको भोलिपल्ट थप ३ किलो सुन फेला परेको थियो । त्यसपछि असोज १४ गते लामाबगरमा थप ४ किलो सुन फेला परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७