धानमा समस्यै-समस्या


१६ आश्विन २०८०, मंगलवार
Bisadi dhan nawalparashi
फाइल फोटो

चितवन । चितवनमा लगाइएको धानमा विभिन्न रोगको संक्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो ।

यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग, सित व्लाइट, नेक व्लाष्ट जस्ता रोग देखिएको उनले जानकारी दिइन् । उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चार जना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उनले भनिन्, ‘धानमा लागेको समस्या लिएर आउनेको किसानको संख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ ।’

कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेष गरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज पराल जस्तो देखिने त्रिपाठीले बताइन् । रोग नियन्त्रणका लागि कृषिविज्ञसँगको परार्शमा विषादीको प्रयोग गर्न उनले कृषकहरुलाई सुझाव दिइन् । जिल्लामा यस वर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७