दशैंका लागि अग्रिम टिकट बुकिङ्ग २२ असोजदेखि


१९ आश्विन २०८०, शुक्रबार
Dashain Agrim Ticket Booking New Buspark 2076 10
फाइल फोटो

काठमाडौं । दशैँका लागि बसको अग्रिम टिकट बुकिङ २२ असोजमा खुल्ने भएको छ । आज (शुक्रबार) भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र यातायात व्यवसायीहरूबीचको बैठकमा २२ असोजदेखि बसको टिकट बुकिङ खोल्ने सहमति भएको हो ।

वर्षातका कारण बिग्रेका सडकहरू तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिब १५ दिनअघि नै निर्देशन दिइसकेको यातायातमन्त्री ज्वालाका प्रेस संयोजक जीवन बीसीले जानकारी दिएका छन् । उनका अनुसार सडकहरू सुधारको काम भइरहेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए ।

‘पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशकको समन्वयमा अग्रिम टिकट खुलाउन तयार भएका हौं,’ स्वारले भने, ‘गाडी थप गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हुन्छ ।’ बर्सेनि दशैं, तिहार र छठ जस्ता पर्वमा काठमाडौंबाट २० लाख हाराहारी यात्रु बाहिरिने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७