समाजवादमा जान कम्युनिष्टहरुबीच नयाँ ध्रुबीकरण आवश्यक : नेता खनाल

‘वेरोजगारीले देश युवाबिहीन हुने खतरा बढ्यो’


२१ आश्विन २०८०, आईतवार
Jh3alanath

लुम्बिनी । सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए । उनले बेरोजगारीका कारण देश युवाविहीन हुने खतरा बढेको समेत बताए ।

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए ।

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ धु्रविकरणको आवश्यकता पनि औँल्याए । ‘समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्ने हुन्छ’, नेता खनालले भने, ‘यसका लागि नयाँ ध्रुबीकरण जरुरी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७