सिंहदरबारमा सर्वदलीय बैठक सुरु


२२ आश्विन २०८०, सोमबार
Sarba daliya baithak 1 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकसहितको बैठक सुरु भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

Sarba daliya baithak 2

बैठकमा विद्यालय शिक्षा ऐन संशोधनका विषयमा प्रधानमन्त्रीले कुरा राख्ने उनले बताए । त्यस्तै इजरायलमा भएको आक्रमणमा परेका नेपालीहरूको अवस्थाबारे बैठकमा जानकारी गराइने छ । बैठकमा इजरायल द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुको विषयमा समेत छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

Sarba daliya baithak 3

‘बैठक मुख्यरुपमा विद्यायल विधेयक संशोधनबारे प्रधानमन्त्रीज्यूले बैठकमा कुरा राख्नुहुन्छ । त्यसबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा सबैसँग छलफल गरेपश्चात निर्णय हुन्छ’, उनले भने । आजै प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा शिक्षकसँग भएको सम्झौता कार्यान्वय र संशोधनको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७