पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन


२४ आश्विन २०८०, बुधबार
KamalKhatri Beni RSS 24 pulaudhghatan

म्याग्दी । म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ । रु ५९ लाख नौ हजार तीन सय ६५को लागतमा एक सय १४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी नदी वारि र पारिका बासिन्दालाई आवतजावतमा सहज भएको छ । विसं २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो ।

मङ्गलबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले उद्घाटन गर्दै विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिक जीवनमा सहयोग पुग्ने बताए । क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७