निजी क्षेत्रलाई लखेटिए अर्थतन्त्र गम्भीर संकटमा जान्छ : अध्यक्ष ढकाल


२५ आश्विन २०८०, बिहीबार
chandra dhakal 3

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलिरहे र लखेटिए अर्थतन्त्र गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण नगरे र निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्र झन् गम्भीर संकटमा जाने चेतावनी दिएका हुन् ।

‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको छ । उच्च मूल्यवृद्धि छ । अर्थतन्त्र समस्यामा छ । तर राज्यले अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम गरिरहेको छ । यसरी गएर कहाँ पुगिन्छ ? निजी क्षेत्रमैत्री वातावरण होस्’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७