महाकाली किनारमा बिचभलिबल प्रतियोगिता


३० आश्विन २०८०, मंगलवार
volly ball
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताए । उनले भने , ‘खेलकुद राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभइ पर्यटनमा समेत टेवा पुर्याउँछ । यस्ता प्रतियोगिता भइराख्नु पर्छ ।’

कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता अगामी कात्तिक १ गतेसम्म जारी रहनेछ । प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ । खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ ।

खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार तथा भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु २५, १५ र १० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । शुभारम्भका अवसरमा श्री नम्बर २५ बाहिन अड्डा भगतपुर ब्यारेकका बाहिनीपति मनोज थापा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७