डोजरको ठक्करबाट ९२ वर्षका वृद्धको घटनास्थलमै मृत्यु


२ कार्तिक २०८०, बिहीबार
dojar 1
सांकेतिक तस्वीर

गुल्मी । गुल्मीको रेसुंगामा डोजरको ठक्करबाट ९२ वर्षका एक वृद्धको ज्यान गएको छ । बुधबार रेसुंगा नगरपालिका– १४ का ९२ वर्षीय कृष्णबहादुर सुनारको लु १ क ५०२४ नम्बरको डोजरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सडकमा पैदल हिँडिरहेको बेला सुनारलाई डोजरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । पाल्पाको माथागढी गाउँपालिका–७ रतवास घर भएका डोजर चालक कृष्णबहादुर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७