राष्ट्रपति पौडेल फ्रान्स र जर्मनी भ्रमणमा जाँदै, के–के छन् कार्यक्रम ?


३ कार्तिक २०८०, शुक्रबार
ram chandra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक अन्तिम साता युरोपेली राष्ट्र फ्रान्स र जर्मनीको भ्रमण गर्ने भएका छन् ।
फ्रान्सको पेरिसस्थित नेपाली दूतावास स्रोतका अनुसार राष्ट्रपति पौडेल कात्तिक २४ र २५ गते हुने पेरिस पिस फोरमको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । पेरिस पिस फोरम सम्मेलनको यो छैटौँ संस्करण हो । यो वर्ष सम्मेलनको थिम ‘प्रतिद्वन्द्वी विश्वमा साझा मैदानको खोजी’ रहेको छ ।

सम्मेलनमा धेरै देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, व्यवसायी, विकास बैंक, फाउण्डेन र एनजीओका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंन, घानाका राष्ट्रपति नाना अकुफो–अड्डु, युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिचेल, बार्बाडोसका प्रधानमन्त्री मिया मोट्टली, अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।

यो पटक सम्मेलनमा पृथ्वी र जीवनको रक्षा, डिजिटल संसारमा विश्वास र सुरक्षा, असमानताको सम्बोधन तथा एसडीजीलाई गति प्रदान गर्ने र सुरक्षित विश्व निर्माणलगायत विषयमा गहन छलफल गरिनेछ । स्रोतका अनुसार राष्ट्रपति पौडेल पेरिस पिस फोरमको सम्मेलनमा सहभागी भएपछि त्यहीँबाट जर्मनी जानेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७