राष्ट्रपति पौडेलले कसको हातबाट लगाउँदैछन् दसैंको टीका ?


४ कार्तिक २०८०, शनिबार
ramchandra 1

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस पटक दसैँको टीका भाउजूको हातबाट लगाउने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुुसार राष्ट्रपति पौडेलले विजया दशमीका दिन ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका हुन् । यस वर्ष दसैँको टीका (विजया दशमी) कात्तिक ७ गते मंगलबार परेको छ ।
राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइ दिने
यता राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ अधिकारीदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइ दिने भएका छन् । राष्ट्रपति पौडेलले विजया दशमीका दिन दसैँको टीका लगाइ दिने भएका हुन् ।

पौडेलले ७ कात्तिक मंगलबार अर्थात् विजया दशमीमा दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म इच्छुक भीभीआईपी, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारी तथा विशिष्ट महानुभाव तथा निजामती, जंगी एवं प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकलाई टीका लगाइ दिने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । त्यस्तै दिउँसो ३ बजेदेखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७