नेपालको पूर्वी क्षेत्रमा ‘हामुन’ चक्रवातको प्रभाव : आज टीकाको दिन कस्तो रहला मौसम ?


७ कार्तिक २०८०, मंगलवार
manungkot tanahu

काठमाडौँ । नेपालको पश्चिमी भू–भागमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमदिले जनाएका छन् । आज (मंगलबार) देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७