चर्चित हलिउड अभिनेत्री मेरिल स्ट्रिपले तोडिन् ४५ वर्षको वैवाहिक सम्बन्ध


११ कार्तिक २०८०, शनिबार
merin

लस एञ्जलस । पश्चिमी समाजमा सम्बन्धविच्छेद नयाँ नौलो कुरा होइन । बिहे भन्दा धेरै सम्बन्धविच्छेद हुन्छन् त्यहाँ । तर कसैले बिहे गरेको ४५ वर्षपछि सम्बन्धविच्छेद गरेको खबर चाँहि कम मात्र सुनिन्छ । हलिउडमा भर्खरै यस्तै भएको छ ।

हलिउडको इतिहासमा सबैभन्दा धेरै पटक एकेडेमी अवार्डको लागि मनोनीत अनि तीन पटकको एकेडेमी अवार्ड विजेता चर्चित अभिनेत्री मेरिल स्ट्रिपले आफ्नो ४५ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी छिन् । स्ट्रिपले पति डन गमरसँगको ४५ वर्षदेखिको सम्बन्ध अन्त्य गरेकी छिन् । यी दुईको बिहे सन् १९७८ मा भएको थियो । यी दुईको जोडी हलिउडमा सबैभन्दा चार्मिङ जोडीको रूपमा रहेका थिए ।

मेरिल अहिले ७४ वर्ष र गमर ७६ वर्षका भए । उमेर ढल्किँदै गर्दा जीवन साथीको आवश्यकता झनै बढ्छ । तर पछिल्लो समय बुढ्यौलीमा सम्बन्ध विच्छेद गर्ने अर्थात् ‘सिल्भर सेपरेशन’ को ट्रेन्ड बढ्न थालेपछि यसबारे साइकोलोजिकल रिसर्च र सर्वेक्षण बढेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७