बुद्धले थप्यो नयाँ जहाज, एक महिनाभित्र उडान सेवा


११ कार्तिक २०८०, शनिबार
buddha air

काठमाडौं । बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ । शुक्रबार नाइनएन– एओसी कलसाइन रहेको एटिआर–७२ जहाज बुद्ध एयरले भित्र्याएको हो ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ । बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन् ।

हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७