एन्जिलाले सेथु एफसीबाटै इण्डियन वुमन्स लिग खेल्ने


११ कार्तिक २०८०, शनिबार
anjila

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आइलिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) का लागि सम्झौता नवीकरण गरेकी छन् ।

गत सिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । ‘आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ’, एन्जिलाले भनिन्, ‘अघिल्लो पटक सोचेजस्तो भएन । यस पटक च्याम्पियन बन्ने योजना छ ।’

सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता भने गोप्य राखिएको छ । एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७