बारामा प्रधानाध्यापकमाथि गोली प्रहार


१३ कार्तिक २०८०, सोमबार
Firing Gun1688543404
सांकेतिक तस्वीर

बारा । बाराको कलैयामा एक निजी विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले कलैया निवासी रुपेश स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको बारा प्रहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार उनको बोर्डिङ स्कुल नजिकै अज्ञात समूहले चलाएको गोली लागेर स्वर्णकार गम्भिर घाइते भएका छन् । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया–६ का बासिन्दा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७