प्रधानमन्त्रीको गुनासो : गुटेरेस आएका बेला देश विभाजित देखाउन खोजिनु दुर्भाग्य


१४ कार्तिक २०८०, मंगलवार
Prachanda 1 3
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ ।’

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको बेला केही दलका नेताले शान्ति प्रक्रियाको विषयमा फरक धारणा राखेर देश विभाजित रहेको सन्देश दिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले महासचिवले नेपालको संसदमा आएर बोल्नु नेपालीका लागि खुसी र गर्वको विषय भए पनि नेपालकै नेताहरूले शान्ति प्रक्रियाबारे फरक धारणा राखेकोमा असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिने कुरामा उहाँको पुरै सहयोग रहन्छ भन्नेमा म विश्वस्त छु । नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र संघका महासचिवको यति राम्रो धारणा छ । तर दुर्भाग्य हाम्रै केही नेता साथीहरूले यस्तो बेलामा देश विभाजित देखाउनु भयो त्यो दुर्भाग्य हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७