संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा


१६ कार्तिक २०८०, बिहीबार
Cabinet scaled

काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको मन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए । मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो । भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले उनीहरुलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७