कतारमार्फत हमाससँग कुरा गरेर विपिन जोशीको उद्धार गरियोस् : विश्वप्रकाश शर्मा


१६ कार्तिक २०८०, बिहीबार
Bishwa prakash

काटमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीलाई उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री शर्माले हमासको नियन्त्रणमा रहेका जोशीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इजरायलमा प्यालेष्टानी आतंककारी समुह हमासले गरेको आक्रमणका क्रममा पढ्न गएका नेपाली विद्यार्थी जोशी बेपत्ता भएका थिए । जोशी हमासको नियन्त्रणमा रहेको इसरायलले नेपाल सरकारलाई पठाएको पत्रमा उल्लेख छ ।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७