सयपत्री साँचेर माला गाँसौंला …


१९ कार्तिक २०८०, आईतवार
Flower dang 1 scaled

दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर व्यावसायिक रुपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको फूल । जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आएका छन् ।

Flower dang 2

उनले गरेको फूल खेती विक्रीका लागि तयार भइसकेको छ । यो तिहारमा आफूले उत्पादन गरेको फूल विक्रीको तयारीमा रोका रहेका छन् । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भित्रिन अब एक हप्ता मात्र बाँकी छ । तस्वीर : कुलदीप न्यौपाने /रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७