भूकम्पमा मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तलाई बुझाइयो


१९ कार्तिक २०८०, आईतवार
Bhukampa jajarkot 2 1 scaled

काठमाडौं । शुक्रबार राति आएको भूकम्पमा परी ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ ।

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका भौतिक संरचनामा व्यापक क्षति भएको छ । हजारौं घर भत्किएका छन् । स्थानीयहरु खुला आकाशमुनि रात कटाउन बाध्य भएका छन् । भूकम्प पीडितलाई लक्षित गरी सरकारले विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७