भूकम्पमा ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपमेयर सिंहको अन्त्येष्टि

सिंहको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ओढाए नेपालको राष्ट्रिय झण्डा


१९ कार्तिक २०८०, आईतवार
Purna bahadur khadka Zy4hfkf4pc

जाजरकोट । भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको आज (आइतबार) अन्त्येष्टि गरिएको छ ।

Sarita Singh Deputy Mayor Nalgadha municipality

शुक्रबार मधयरातिको भूकम्पमा परेर उपमेयर सिंहको मृत्यु भएको थियो । सिंहको आइतबार दिउँसो भेरी नदी र नलसिंङगाड खोलाको दोभानमा अन्त्येष्टि गरिएको हो । सिंहको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए ।

HKC Jajarkot 2 1

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको मृत्यु भएको छ । दुई सय बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भूकम्पबाट तीन हजार ७७० घर भत्किएका छन् । जाजरकोटमा मात्रै तीन हजार ६ सय घरहरु भत्किएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७