भारतले भूकम्पपीडितलाई पहिलो चरणमा पठायो ११ टन राहत सामग्री (तस्वीरहरु)


१९ कार्तिक २०८०, आईतवार
i

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दू बनाएकार शुक्रबार आएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकको राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।

i1

विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायतका अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आइतबार आएको भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराएका छन् । उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । सोमबार अर्को विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी गराए ।

india help earthquake victim nepal NkW43YHt7r

टेन्टलगायत सामानको आवश्यकता बढी भएकाले ती सामग्री थप ल्याउन पहल गरिने उनले बताए । नेपालको भूकम्पमा सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक बनेको छ । भारतीय राजदूतले करिब १० करोडको सामग्री आइसकेको र आवश्यकताअनुसार अरु पनि सहयोग आउने बताए । सो अवसरमा उपप्रधानमन्त्री खड्काले भारतको सहयोगका लागि धन्यवाद दिए । विमानस्थलमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि पुगेका थिए ।

india help earthquake victim nepal 1 CvnRImjwhY

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७