पिता अपहरणको पीडाका बीच डियाजले लिभरपुललाई हारबाट जोगाए


२० कार्तिक २०८०, सोमबार
Capture 5

लुटन । आफ्ना आमा–बुवा अपहरणमा परेपछि पहिलो पटक मैदानमा फर्किएका लुइस डियाजले लिभरपुललाई हारबाट जोगाएका छन् । अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डियाजले इन्जुरी समयमा गोल गर्दै लुटन टाउनसँग १–१ को बराबरी गर्न सफल भएका हुन् ।

उनकी आमालाई अपहरणकारीले छाडे पनि पिता भने अझै हराइरहेका छन् । गोल गरेपछि कोलम्बियन खेलाडीले बुवालाई छाड्न अपिल गरिएको टिसर्ट प्रदर्शन गरेका थिए । खेलपछि उनले आफ्नो पितालाई तत्काल रिहा गर्न आग्रह गर्दै वक्तव्य समेत जारी गरेका छन् ।

यसअघि ताहित चोङले खेलको ८० औँ मिनेटमा गोल गर्दै लुटन टाउनलाई अग्रता दिलाएका थिए । ऐतिहासिक जीततर्फ अघि बढिरहेको लुटनको सपना खेलको ९५ औँ मिनेटमा चकनाचुर पारिदिए । बराबरपछि लिभरपुल आर्सनललाई उछिन्दै प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । ११ खेलबाट लिभरपुलको २४ अङ्क रहेको छ । उता बराबरीपछि ६ अङ्क बटुल्दै लुटन पनि रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७