नौं खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो


२१ कार्तिक २०८०, मंगलवार
totem vs chelsea1677462742

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गए राति भएको लण्डन डर्बीमा चेल्सीलाई विजयी गराउन निकोलस ज्याक्सनले ह्याट्रिक गर्दा कोले पाल्मरले एक गोल थपे ।

टोटनह्यामका लागि डेजान कुलुसेभ्स्कीले पहिलो गोल गरेका थिए । खेलमा टोटनह्यामका दुई खेलाडीहरु रोमेरो र उडोगीले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । यो खेलमा कुल ५ गोल हुँदा अरु पाँच गोल भिडियो असिस्टेन्ट रेफ्री – भिएआरको सहयोगमा अस्वीकार गरिएको थियो ।

यो जितसँगै चेल्सी ११ खेलबाट १५ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । टोटनह्यामले भने शीर्ष स्थानमा उक्लिने अवसर खेर फालको छ । २७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा २६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७