सिंहदरबारमा १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलहरूको बैठक, राप्रपा र रास्वपा परेनन्


२१ कार्तिक २०८०, मंगलवार
sarbadliya

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूको बैठक चलिरहेको छ ।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेसम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरू बैठकमा सहभागी छन् । संक्रमणकालीन न्याय निरूपणको विषय टुंगो लगाउन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत दलहरूको बैठकमा सहभागिता छ ।

दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरूको बैठक भएकाले रास्वपा र राप्रपा लगायतका दलको भने सहभागिता छैन । बैठकमा जाजरकोटको भूकम्पले भएको क्षति, पीडितहरुको उद्धार, राहतलगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, महेश बर्तौला, पदम गिरी, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुको उपस्थिति छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७