भूकम्पपीडितलाई सूर्य नेपाल प्रालिको १ करोड ४० लाख सहयोग


२२ कार्तिक २०८०, बुधबार
Surya Nepal

काठमाडौं: सूर्य नेपाल प्रालिले भूकम्पका कारण जाजरकोट तथा रुकुम पश्चिममा तत्काल उद्धार, राहत तथा पीडितहरूको पुनर्स्थापनाका लागि एक करोड ४० लाख सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, भाइस प्रेसिडेन्ट रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ । साथै ५ लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले जनाएको छ।

भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लामा भएको जनधनको व्यापक क्षतिमा तत्काल उद्धार, राहत तथा पीडितहरुको पुनर्स्थापनामा मद्दत पुर्‍याउन आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७