सामाजिक सञ्जाल सञ्चालन निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत


२३ कार्तिक २०८०, बिहीबार
cabinet meeting z2ikUnOvHj

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

साथै मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको उनले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७