चीनले भन्यो–दलाई लामाको उत्तराधिकारी आफ्नो देशका व्यक्ति चयन हुनुपर्छ


२५ कार्तिक २०८०, शनिबार
dalai lama

अरुणाञ्चल भारत । तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एक पटक मुख फोरेको छ । शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने बताएको छ ।

चीन सरकारले श्वेतपत्रमा दलाई लामा र पञ्चेन रिन्पोछेलगायत तिब्बतमा बस्ने सबै अवतारी बुद्धले चीनको सीमाभित्रबाट उत्तराधिकारी खोज्नुपर्ने बताएको हो । परम्पराअनुसार सुनको कलशबाट चिठ्ठा निकालेर निर्णय लिइने र यसअघि चिनियाँ सरकारको अनुमति अनिवार्य गर्नुपर्नेछ ।

चीनले आफ्नो श्वेतपत्रमा भारतको सीमानामा निर्माण भएका पूर्वाधारलाई उल्लेख गर्दै नेपाल हुँदै रेल र सडक सञ्जालसँगै तिब्बत दक्षिण एसियाको प्रवेशद्वार बन्न लागेको बताएको छ । चीनले तिब्बत भनेको भारतको अरुणाचल प्रदेश हो । चीनले तिब्बतलाई शिजाङ भन्छ ।

तिब्बती धर्मगुरु दलाई लामालाई पनि चीनले आफ्नै तहबाट निर्वाचित गरेको हो । यद्यपि, बौद्ध सम्प्रदायमा उनको स्वीकृति व्यापक छैन । हालको पञ्चेनले तिब्बतमा व्यापक स्वीकृति पाएका छैनन् । उनी नम्बर–२ आध्यात्मिक नेता हुन्, जसलाई चीनले दलाई लामाको मनोनित उत्तराधिकारीलाई हटाएर नियुक्त गरेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७