म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी


२६ कार्तिक २०८०, आईतवार
GOAL Blank WEB Facebook 3 1OKH4jUnNo

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० गोलले हरायो । युनाइटेडका भिक्टर लिन्डेलफले खेलको ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेड १२ खेलमा २१ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

अर्को खेलमा आर्सनलले बर्नलीलाई ३–१ गोलले हरायो । आर्सनलका लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे । बर्नलीका जोस ब्राउनहिलले एक गोल फर्काए । जितसँगै आर्सनल १२ खेलमा २७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अरु खेलमा टोटनहम उल्भ्ससँग पराजित हुँदा एभर्टनले क्रिस्टल प्यालेसलाई र बर्नमाउथले न्यूक्यासललाई हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७