बुर्किना फासोमा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ७० जनाको मृत्यु


२८ कार्तिक २०८०, मंगलवार
burkina

काठमाडौं । पश्चिम अफ्रिकी देश बुर्किना फासोको एउटा गाउँमा अज्ञात समूहले गरेको आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अज्ञात आक्रमणकारीहरूले नोभेम्बर ५ मा बुर्किना फासोको उत्तरी क्षेत्रको जाङ्गो गाउँमा आक्रमण गरेका थिए । आक्रमणकारीहरूले मानिसहरूको हत्यापछि सम्पत्तिमा आगो लगाएका थिए ।

११ नोभेम्बरमा, घटनास्थलमा पठाइएको न्यायिक टोलीले कम्तीमा ७० जनाको मृत्यु भएको पत्ता लगाएको थियो । सरकारी वकिलको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुने र बेपत्ता हुनेको आधिकारिक संख्या अझै यकिन हुन नसकेको उल्लेख छ ।

युरोपेली संघले नरसंहारको छानबिन गर्न अधिकारीहरूलाई आग्रह गरेको छ । बुर्किना फासो पश्चिम अफ्रिकाका ती देशहरूमध्ये एक हो, जहाँ विगत केही वर्षदेखि रक्तपातपूर्ण द्वन्द्व चलिरहेको छ । यसबाट हजारौँको ज्यान गइसकेको छ भने लाखौँ मानिस घरबार छोडेर भागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७