प्रधानमन्त्रीकै अघि मुख्यमन्त्रीले भने–हाम्रै मुखबाट संघीयता ठिक भएन भन्ने दिन आउन सक्छ


१ मंसिर २०८०, शुक्रबार
Surendra scaled

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई बलियो बनाउन ऐन कानुन निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् ।

उनले अहिले संघीयता ठीक भएन भनेर प्रश्न व्यापक उठिरहेको बताए । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष मुख्यमन्त्री पाण्डेले प्रहरी समायोजन ऐनको कार्यन्वयन, जग्गा प्राप्ती र संघीय निजामती कर्मचारी ऐन भएमा कसरी प्रदेश र स्थानीय सरकारले काम गर्छ भनेर जनतालाई जवाफ दिन सक्ने सुनाए ।

‘तर ती कुरा भएनन् भने कुनै दिन यस्तो पनि आउन सक्छ हाम्रै मुखबाट त्यो आवाज आउने । त्यसैले म समयमा नै प्रधानमन्त्रीलाई यो बारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु’, मुख्यमन्त्री पाण्डेले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा केही सहजीकरण भयो भने संघीयतालाई कार्यान्वयन गर्न सक्ने उनको विश्वास छ । ‘किनकि उहाँले यो संघीयताको लागि लडेको हो । मैले नेपाली कांग्रेस पार्टीको केन्द्रीय बैठकमा पनि भनेको छु यो संघीयता केबल संविधानमा लेखेको कारणले हामी मानिराखेका छौं कि हामीले कार्यान्वयन गर्न मानिराखेका छौं ?’ उनले भने ।

प्रचण्डले संघीयता कार्यन्वयनमा कुर्बानि गरेकाले केही आशा रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । संघीयताप्रति प्रहार हुन सक्ने भएकाले कार्यन्वयनमा चुक्न नहुने उनले बताए । ‘हामीले ठूलो बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका हौं । अहिले प्रश्न गर्नलाई सजिलो छ । तर, संघीय लोकतन्त्र गणतन्त्र स्थापना गर्नका लागि यो मुलुकमा २० औं हजार मान्छेले कुर्बानी गरेका छन्’, उनले भने, ‘लाखौं मान्छेले स्याक्रिफाइज गरेका छन् । जीवनका उर्वर समयहरु यसमा व्यतित गराएका छन् । हामीले ल्याएको यो संघीयता कसैलाई मन परेको छैन । कसैलाई धर्म निरपक्षेता मन परेको छैन । कसैलाई गणतन्त्र कसैलाई समावेशिता मन परेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७