जंगलमा भीरबाट लडेर हराएका राईको सेना र प्रहरीले यसरी गर्‍यो उद्धार (तस्वीरहरु)


२ मंसिर २०८०, शनिबार
arm
तस्वीरहरू : नेपाल प्रहरी

सोलुखुम्बु । सेना र प्रहरीको टोलीले सोलुखुम्बुमा हराएका एक व्यक्तिको घाइते अवस्थामा उद्धार गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका–५ घर भई भरिया काम गर्ने १९ वर्षीय दिपेश राई २६ कात्तिकमा खुम्बु पसाङल्हामु ५ नाम्चे तोपडाँडाबाट सम्पर्कबिहीन भएका थिए ।

उनलाई शुक्रबार सुरक्षाकर्मीले खुम्बु पसाङल्हामु गाउँपालिका–५ जोरपालदेखि माथि जंगलको भीरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारका लागि अस्पतालमा पुर्‍याएका छन् । रणशुर गुल्मबाट खटिएको फौजले शुक्रबार स्थानीय वासिन्दा तथा नेपाल प्रहरीको सहकार्यमा उद्धार गरी उनलाई नाम्चेस्थित स्वास्थ्य उपचार केन्द्र पुर्‍याएको सेनाले जनाएको छ ।

1 4
2 3
3 3
4 2
5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७