प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्


२ मंसिर २०८०, शनिबार
prachanda biplaw

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले टिकटक प्रतिवन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेतावनी दिए ।

उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए । उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने जिकिर गरे । उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए ।

महासचिव विप्लवले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गरे । उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको दावी गरे । उनले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७