सरकारको बजेट योजनाको विरोधमा इटालीमा हडताल


३ मंसिर २०८०, आईतवार
Italy

काठमाडौं । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए ।

उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा करिव ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ ।
हड्ताल शुरुमा दिनभर चल्ने भनिएको थियो । तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७