प्राधिकरणले भन्यो–अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउनू


३ मंसिर २०८०, आईतवार
tiktok

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए जानकारी दिन आग्रह गरेको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

Tiktok notice 1700360805

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७