ललितपुरमा पनि निषेधाज्ञा : यी ठाउँमा ६ महिना आन्दोलनका कार्यक्रम गर्न रोक

पाँच जना भन्दा बढी भेला हुन नपाइने


५ मंसिर २०८०, मंगलवार
Lalitpur

काठमाडौं । ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

आजैदेखि ६ महिनासम्मका लागि पाँच जना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ । ती क्षेत्रको पूर्वतर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लालाई निषेध क्षेत्र घोषणा गरिएको हो ।

मेडिकल व्यावसायी दुर्गा प्रसाई र एमाले निकट युवा संघको घोषित मंसिर ७ को प्रदर्शनले सुरक्षा चुनौती बढाएको भन्दै हिजो मात्र काठमाडौं प्रशासनले माइतीघरदेखि बानेश्वरसम्मको रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
हेर्नुस् विज्ञप्ति

l

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७