तनहुँमा डेंगीबाट सात हजार संक्रमित


६ मंसिर २०८०, बुधबार
dengue

तनहुँ । तनहुँमा डेंगी संक्रमितको संख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेंगी अझै नियन्त्रणमा आउन सकेको छैन । डेंगीका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरूमा बिरामीको चाप दैनिक बढ्दै गएको छ ।

१० पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेंगी संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेंगीबाट संक्रमित छन् ।

१४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेंगी संक्रमित छन् । त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेंगी संक्रमित छन् ।

चाडपर्वको समयमा डेंगी संक्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए । डेंगीबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरूप औषधि सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७