एमाले उपमहासचिव ज्ञवाली र सीपीसी विदेश विभाग उपमन्त्री सुनबीच भेटवार्ता


१२ मंसिर २०८०, मंगलवार
406281804 10233471404593753 8134041237338945921 n 1536x1152 1

बेइजिङ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ ।

उपमहासचिव ज्ञवालीसँगै चीनमा रहेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै उपमन्त्री सुनले तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरेकी छन् ।

406448911 10233471403313721 7586031379966721757 n e1701132035992

एमाले उपमहासचिव ज्ञवालीले तत्कालीन परराष्ट्रमन्त्री भएको बेलामा नेपाल–चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमति-सम्झौता कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको बताए ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना गर्न लागेको १३औँ विश्व समाजवाद मञ्चमा भाग लिन उपमहासचिव ज्ञवाली र केन्द्रीय सदस्य रिजाल चीन गएका हुन् । उक्त कार्यक्रममा नेपालका तर्फबाट समाजवाद निर्माणको नेपाली बाटो– ‘समृद्ध नेपालः सुखी नेपाली’का बारेमा धारणा राखिने रिजालले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७