रास्वपाको संयुक्त बैठक आज पनि


१२ मंसिर २०८०, मंगलवार
rabi 3 scaled

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ । पहिलो पटक काठमाडौँ उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ ।

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए । जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ ।

हिजोदेखि सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका एजेण्डा रहेका छन् । सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ । उक्त बैठकमा जिल्लाका सभापतिहरूको पनि उपस्थिति रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७