प्राधिकरणका अध्यक्षले देखाए एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा यस्ता कारण


२० मंसिर २०८०, बुधबार
ncell artha samitee nta

काठमाडौं । दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए ।

समिति सदस्यको सवालको जवाफ दिँदै खनालले कानून बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताएका छन् । शेयर खरिद बिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा रोक्न नमिल्ने जवाफ पठाएको उनले सुनाए । बैठकमा उनले एनसेलको शेयर बिक्री र मूल्यमा पनि चलखेल भएको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद–बिक्री अस्वभाविक रहेको बताएका छन् ।

उनले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको पनि दाबी गरे । उनले नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको पनि बताए । दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने पनि उनको तर्क छ । प्राधिकरण नियामक निकाय भएकाले नेपाली कानुनको अक्षरश पालना गर्दै छानबिन गर्ने अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७