राजेन्द्र पाण्डेको टिप्पणी : एनसेल बिक्री गरेको होइन, बिक्रीको नाटक मात्र


२२ मंसिर २०८०, शुक्रबार
rajendra pandey
फाइल फोटो

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

सांसद पाण्डेले प्रशासनिक र राजनीतिक मिलेमतो बिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्ने बताएका हुन् पाण्डेले एनसेल शेयर स्वामित्व बिक्री नाटक मात्र भएको टिप्पणी गरेका हुन् । ‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा अलि ध्यान दिनुपर्छ’ पाण्डेले भने ।

KB KTM image 1236502912 1

गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको सार्वजनिक जानकारी गराएको थियो । एनसेलको बाँकी २० प्रतिशत शेयर आचार्यकी पत्नी भावना सिंह श्रेष्ठको नाममा छ । एनसेलको बिक्री मूल्य पनि आजियटाले किनेको मूल्य भन्दा ९६ प्रतिशत अर्थात् करिब ५ करोड अमेरिकी डलर मात्र रहेको सार्वजनिक गरिएको थियो । त्यसैले उक्त कारोबार अविश्वसनीय रहेको भन्दै प्रश्न उठिरहेको छ, सरकारले पनि छानबिनका लागि समिति गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७