हिमाल आरोहणका लागि २६० महिलासहित १,३२९ जनाले लिए अनुमति


२३ मंसिर २०८०, शनिबार
Himal 1 scaled

काठमाडौं । जाडो मौसममा हिमाल आरोहणका लागि १,३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लमका लागि रहेको विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । अमादब्लम आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिऐ उनले बताए ।

त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन्। यो मौसमको आरोहण अनुमतिबाट सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो पटक ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’ का लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा अनुमति लिनेमा फ्रान्सका नागरिक छन् । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७