पक्राउ पूर्जी जारी भएका ‘प्रकाण्ड’ प्रधानमन्त्रीसँग बालुवाटारमा


२३ मंसिर २०८०, शनिबार
prakand prachand

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जीलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता प्रकाण्डसहित शीर्ष नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

२०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पूर्जी जारी भएको हो । यता नेकपाका नेताहरुलाई पक्राउ पूर्जी जारी भएकोमा प्रधानमन्त्री प्रचण्डले पनि असन्तुष्टि जाहेर गरिसकेका छन् । उनले नेकपामा नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी हुनु गलत भएको केहि दिन अगाडि बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७