म्यानमारमा बन्धक बनाएर ‘अनलाइन स्क्यामिङ’ मा लगाउने लामा पक्राउ


२४ मंसिर २०८०, आईतवार
lama

काठमाडौं । नेपाली नागरिकलाई म्यानमारमा बन्धक बनाएर ‘अनलाइन स्क्यामिङ’ मा लगाउने एक नेपाली नै पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बाँसवारीका ३६ वर्षीय बुद्ध लामा रहेका छन् ।

लामाले चिनियाँ भाषा अनुवादको रोजगारी प्रलोभन देखाएर म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाउने गरेको खुलेको छ । सामाजिक सञ्जालबाट अमेरिकी, युरोपियन नागरिकलाई ट्रयापमा पारेर बिट क्वाइनमा लगानी गर्न बाध्य बनाउनका लागि एक साताको तालिम समेत दिने गरेको खुलेको छ ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्‍याउन नसके कुटपिट गर्ने, करेन्ट लगाउनेलगायतका शारीरिक तथा मानसिक यातना दिने गरेको पीडितले बताएका छन् । पीडितले १० महिनापछि नेपाल फर्कनका लागि कम्पनीलाई आठ लाख रुपैयाँ तिर्न बाध्य भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७