युवतीसँग होटलमा ‘रङ्गेहात’ भेटिएका रामधुनीका वडा अध्यक्ष निलम्बित


२४ मंसिर २०८०, आईतवार
keshab gautam mk

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ का अध्यक्ष समेत रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य केशव गौतम निलम्बनमा परेका छन् ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीको १० औं बैठकले गौतमलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनी शनिवार राति धरानको एक होटलमा परस्त्रीसँग रङ्गेहात भेटिएका थिए । एक विवाहित महिलासँग भेटिएका उनलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो ।

गौतमलाई अर्काे निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले बताएका छन् । यसैबीच आजको बैठकमा नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको विषयमा पनि छलफल भएको थियो । मंसिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा सहभागिताका लागि पूर्व तयारी गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७