बंगलादेशको हिरासतमा दुई सातामा पाँच विपक्षी नेताको मृत्यु


२५ मंसिर २०८०, सोमबार
dhaka

काठमाडौं । बंगलादेशको विपक्षी दलले पछिल्लो दुई सातामा हिरासतमा आफ्ना पाँच सदस्यको मृत्यु भएको बताएको छ। बंगलादेश नेसनलिष्ट पार्टी बीएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको बताएको हो ।
‘राष्ट्रव्यापी कारवाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी कार्यकर्ताहरूलाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ’, पार्टीका कानून प्रमुख कैसर कमालले भने, ‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ ।’

बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल ¥यालीपछि भएको ‘कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञ पक्राउ परेका छन् । प्रहरीले बीएनपीको गिरफ्तारीको संख्यालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही हजार समर्थकहरू कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए । गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।

प्रहरीका अनुसार र्‍यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको थियो । यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७