तस्वीरमा पशुपतिनाथमा शतबीज छर्नेको भिड


२५ मंसिर २०८०, सोमबार
pashupatinath satabij 2 scaled

काठमाडौँ । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिन आज (सोमबार) दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

pashupatinath satabij 1

हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरेका हुन् । शतबीज छर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरु पशुपतिनाथमा आएका छन् । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा शतबीज छर्छन् । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

pashupatinath satabij 3

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । बाला चतुर्दशीको अवसरमा पशुपति पुग्ने भक्तजनका लागि पशुपति क्षेत्रमा हिजो बिहानैदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी स्वंयसेवकलगायत खटिएका थिए ।

Hariram Bhetuwal KTM RSS 24 20231210175537 IMG 2030 2 G6TzrZT0cX
HariramBhetuwal KTM RSS 24 20231210175537 IMG 20301 fDqQQOlshB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७