संघीय संसदको महासचिवमा पदम पाण्डेको नाम सिफारिस


२५ मंसिर २०८०, सोमबार
padam pandey

काठमाडौँ । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ । संघीय संसद्का सचिव रहेका पाण्डेलाई महासचिवका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन् ।

वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेल समक्ष राजीनामा दिएका छन् । उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिव हुन लागेका हुन् । संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए । उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७