सुन तस्करी प्रकरणमा थुनामा रहेका नासुलाई छुटाइ दिने भन्दै एक करोड ठगी, दुई जना पक्राउ


२६ मंसिर २०८०, मंगलवार
Pakrau 1702380569

काठमाडौं । सुन तस्करी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आरोपीको मुद्दा मिलाई छुटाइ दिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको हतुवागढी–५ की २६ वर्षीया रितु राई र बर्दियाका निरेश चौधरी छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । सीआईबीका एसपी नवराज अधिकारीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाइ दिने भन्दै उनीहरूले खड्काका बुबा अमरबहादुर खड्कासँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।

रेवन्तलाई भेपमार्फत तस्करी भएको नौं किलो सुन प्रकरणमा सीआईबीले पक्राउ गरेको थियो । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा समेत हुन् । सो प्रकरणमा जोडिएपछि पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पनि पुपक्र्षका लागि जेल चलान भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७